वर्ष २०७६ मा सुदूरपश्चिम : हत्या, हिसां र कोरोना त्रास
धनगढी: कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ८ महिना भएको थियो। हत्याकाण्डको रहस्य भने गर्भमै थियो, जब २०७६ साल सुरु भयो। सम्पूर्ण सुदूरपश्चिमवासी मात्रै होइन धेरै नेपालीले पनि वर्ष २०७६ मा निर्मलाका दोषीलाई कानुनी कारवाही होला र उनले न्याय पाउलिन भन्ने आशा गरेका थिए।
तर वर्ष २०७६ सकिएसंगै त्यो आशा निरशामा परिणत भएको छ। तर पनि यस बर्ष दोषीलाई कारवाही होला भन्ने झिनो आशा सबैले गरेकै छन्। निर्मला पन्तको हत्यापछि पनि कञ्चनपुरमा हत्या, हिसां र बलात्कारका घटना भने रोकिएनन्। २०७५ सालको चैत अन्तिम साता हराएका कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का १९ वर्षीय युवक सुविल बडायकको शव ०७७ को पहिलो सातामै फेला प¥यो। उनको पनि हत्यापछि शव खाल्डोमा आधा गाडिएको अवस्थामा भेटिएको थियो। बडायकको टाउको र शरिर अलग गरिएको थियो।
नयाँ वर्षको रौनक घटेको थिएन, बैशाख ११ गते डडेल्धुरामा बस दुर्घटना भयो। ५ जनाको मृत्यु र २६ जना घाईते भए। धनगढीबाट बझाङका लागि छुटेको ना६ख १८३१ नम्वरको बस डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको थियो।
बैशाख ११ गते नै कञ्चनपुरमा सवारी चालकले बिच सडकमै महिला कुटेको भिडियो भाईरल बन्यो। महेन्द्रनगरको ट्राफिक चोकमा से१ज १०९४ नम्बरको वीङ्गर गाडीका चालक गोकुल बोहोराले सडकमै महिलामाथि कुटपिट गरेका थिए।
वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक मोहनजंग बुढथापाले भनेका थिए, ‘बोहोराले भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै धनगढीकी लक्ष्मी धनाडीमाथि कुटपिट गरे। कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरिएको छ।’
जेठको सुरुवातमा ठूलो घटना नभएपनि दोश्रो सातामै धनगढी बसपार्कको एक होटलमा युवकको नग्न अवस्थामा शव फेला प¥यो। उप–महानगरपालिकाको वडा नम्वर ४ वसपार्कस्थित श्रीपाल होटलको कोठा नम्वर १०५ मा धनगढी तारानगरका आदर्श भट्टको शव फेला परेको थियो। प्रहरीलेपछि ओभरडोजका कारण मृत्यु भएको बतायो।
जेठकै दोश्रो साता मदिरामा लठ्ठ प्रहरीले जनप्रतिनिधि कुटेपछि कञ्चनपुरको डोकेबजार असान्त बन्यो। किशोर, किशोरीले भागेर विवाह गर्न खोजेपछि भएको विवादले डोकेबजार क्षेत्र असान्त बनेको थियो। जिल्लाको पुनरवास नगरपालिका वडा नम्वर ११ का १५ वर्षीय रोमन विक र १४ बर्षीय पुष्पा तामाङले भागेर विवाह गर्न खोजेपछि केटा पक्षकाले प्रहरीलाई खवर गरेका थिए।
सम्झौताका लागि दुवै पक्षलाई प्रहरी चौकी पचकडीयामा बोलाइएकोमा केटालाई घरपरिवारको जिम्मा लगाईएको थियो। तर केटी पक्षको कोही नआएको भन्दै ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरिक्षक कर्णवहादुर बमले ईलाकामा लैजान खोजेपछि स्थानीयले विरोध गरेका थिए। सोही क्रममा प्रहरीले लाठीचार्ज गर्दा वडा नम्वर ११ का अध्यक्ष तुलसी अर्यालसहित तीन जना घाईते भएका थिए। वडा नम्वर ११ का अध्यक्ष अर्यालले मदिरा सेवन गरेका प्रहरीले एक्कासी लाठी चार्ज गरेपछि आफुसहित तीन जना घाइते भएको बताएका थिए।
असारमा कञ्चनपुरमा शिक्षकको कुटाईबाट घाइते भएका विद्यार्थीको मृत्यु भएको घटनाले सामाजिक सञ्जाल ततायो। शिक्षकको कुटाइबाट घाईते भएका जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको भारतमा उपचारका क्रममा मृत्यु भएको थियो।
कलौनीको मृत्यु प्रकरणमा कञ्चनपुर जिल्ला आदालतले एक शिक्षकलाई १० वर्ष कैद सजाय तोक्यो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रिन्सिपल सहित अन्य दुई शिक्षकलाई भने सफाई दिएको थियो। जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इलासले शिक्षक लक्ष्मणदत्त भट्टलाई १० वर्ष कैद फैसला गरेको थियो।
असारमै कैलालीमा श्रीमानसंग मिलेर पूर्व प्रेमीको हत्या भयो। जिल्लाको चुरे गाउँपालिका वडा नम्वर ६ मडमा श्रीमान र श्रीमती मिलेर हत्या गरेका थिए। गुल्मी घर भई ज्याला मजदुरी गर्दै आइरहेका अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेर शव गाडेको अवस्थामा फेला परेको हो। कुँवरको हत्या गरेको आरोपमा सोही ठाउँका लालबहादुर लामा र उनकी श्रीमती कल्पना लामालाई प्रहरीले पक्राउ गरेको थियो।
वर्ष २०७६ सालमा चर्चामा आईरह्यो, घोल गाड्ने समूह। कामका लागि भारत छिरेका सुदूरपश्चिमेलीहरु भारतमा दर्जर्नाै चोरीमा सक्रिय भए। चोरीको नगद र सामानसहित जिल्ला प्रहरी कार्यालय कैलालीले मात्रै ६० बढिलाई पक्राउ ग¥यो। तर भारतमा भएको चोरीमा संग्लनलाई कारवाहीको दायरमा ल्याउन प्रहरीलाई पनि सकस भयो। अहिले धेरै छुटिसकेका छन् भने केही पुर्पक्षका लागि कारागार छन्। भारतमा भइरहेको चोरीमा सुदूरपश्चिमेलीहरुको संग्लनता बढ्दै गएपछि अन्य नेपालीलाई पनि भारतमा काम गर्न समस्या हुँदै गएको थियो।
साउन पहिलो साता कैलालीमा छोराले नै हसिया प्रहार गरी बुवाको हत्या गरे भने आमालाई गम्भीर बनाए। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय उदे रावतले हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेका थिए। यस्तै हसिया प्रहारबाट रावतकी आमा नन्दा गम्भीर घाइते भएकी थिईन्।
धनगढीमा विस्फोटको घटनाले साउन महिनालाई चर्चामा ल्याईरह्यो। साउन २ गते धनगढीमा बिस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए। धनगढीको चटकपुरमा रहेको सहिदगेट नजिकैको मिलन होटलमा ७ बजेतिर विष्फोट भएको थियो।
विष्फोटमा परी बझाङ घर भएका ३५ वर्षीय रामसिंहको मृत्यु भएको थियो भने कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का लक्ष्मण सेरेला, होटल छेउमै ग्यारेज गरी बसेका भारतको लखिमपुर जिल्लाका मोबिन खान, धनगढी उपमहानगरपालिका–४ का जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डे घाइते भएका थिए। यो घटनाले प्रदेश राजधानीको सुरक्षा व्यवस्थालाई चुनौती दिएको थियो।
वर्ष २०७६ मा सञ्जय राना प्रकरण पनि चर्चामै रह्यो। भदाैमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको चटकपुरबाट राना सहित तीन जनालाई चार थान पेस्तोल, सुनका गहना, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात सहित पक्राउ ग¥यो। पछि थप एक महिलालाई पनि पक्राउ गरियो। अहिले राना सहित दुई जना पुर्पक्षका लागि कारागार चलान छन् भने दुई जना छुटिसकेका छन्।
असोजमा पनि हत्या, हिसांको श्रृङखला रोकिएन्। घरमै परपुरुषसंग भेटेपछि कैलालीमा श्रीमानबाटै श्रीमतीको हत्या भयो। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ भुरुवा बस्ने धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी विक थापाको मृत्यु भएको थियो। २१ गते कुटपिट भएपनि प्रहरीलाई २४ गते मात्रै घटनाको विषयमा जानकारी पाएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीले भनेको थियो, ‘भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसंग श्रीमतीलाई भेटेपछि कुटपिट गरेका थिए।’
कार्तिकमा कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि लामो समय पूर्वपश्चिम राजमार्ग अवरुद्ध भयो। जिल्लाको बौनियाँमा बसको ठक्करबाट घाइते भएका बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो।
कैलालीमा बलात्कारको झुठो आरोप लगाउने दुई महिला जेल चलान भएको समाचार दिनेश खबरमै प्रकाशन भएपछि नयाँ बहसको सुरुवात भयो। जिल्ला अदालत कैलालीले बलात्कारको झुठो मुद्दा हालेर पुरुषलाई फसाउन खोज्ने दुईजना महिलालाई कैद सजाय सुनाउँदै कारागार चलान गरेको थियो। जिल्ला न्यायधिश बाबुकाजी बानियाको इजलासले गत मंसिर ११ गते जबरजस्ती करणीको मुद्दामा फैसला सुनाउँदै दुईजना महिलालाई कैद सजाय तोकेको थियो।
नेगीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर ५ का दशरथ चौधरी प्रतिवादी रहेको मुद्दामा जाहेरीवाली परिवर्तित नाम ७१–१६७ की महिलालाई एक महिना कैद सजाय सुनाइएको थियो। यस्तै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ का श्याम गौतम प्रतिवादी रहेको मुद्दामा जाहेरीवाली परिवर्तित नाम १६२–२ लाई पनि दुई महिना कैद सजाय सुनाइएको थियो।
मंसिरमा लागुऔषधले कञ्चनपुरको निर्मम घटना निम्त्यायो। कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्वर ३ का २२ वर्षीय दिपक पन्त, बुवा बिषनसंगै मोटरसाइकलमा महेन्द्रनगर आइरहेका थिए। महेन्द्रनगर–मझगाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा पुग्नासाथ उनको अगाडीपट्टी र पछाडीपट्टी गरी ५र६ जना युवाहरु मोटरसाइकल र स्कुटीमा सवार थिए।
पन्तले ओभरटेक गर्न खोज्दा ५/६ जनाको समूहमा रहेका युवाहरुले पन्तलाई रोक्दै कुटपिट गर्न सुरु गरे। सोही समूहमा रहेका एक जनाले चक्कु प्रहार गरे र उनी गम्भिर घाईते भए। छोरामाथि निर्घात कुटपिट र चक्कु प्रहार हुँदा बुवा बिषन भने बिवस थिए।
उनले रोक्न हजार प्रयास गरे तर युवाहरुको समूहले उनीमाथि कुटपिट जारी राख्यो। कुटपिटबाट घाइते दीपकलाई स्थानीय अस्पतालले उपचार सम्भव नभएपछि भारत रेफर ग¥यो तर उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।
कञ्चनपुरमै माघमा अर्को घटना भयो। बिवाहको चार दिन मात्रै बाँकी थियो, टिप्परको ठक्करबाट हुनेवाला बेहुलीको मृत्यु भयो। डेढ बर्ष अगाडी मात्रै कञ्चनपुरका प्रकाश टेर र बैतडीको गुरुखोला घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका गोवरीया बस्दै आएकी रमिता भट्ट(रोशनी) ले भागी विवाह गरेका थिए।
भागी विवाह गरेपनि दुवै पक्षको परिवारलाई सहमतीमा ल्याउन प्रकास र रमितालाई सहज थिएन्। परिवारको सहमतीपछि उनीहरु दुवै विवाहको तयारीमा जुटेका थिए। तर बुधवार आफ्नै विवाहको कार्ड बाडिरहेकी रमितालाई कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर चम्मन चोकमा से१क ८८७ नम्बरको टिप्परले ठक्कर दियो।
टिप्परले ठक्कर दिएपछि उनी घटनास्थलमै सधैका लागि अस्ताईन्। यो घटनाले रमितासंग भागी विवाह गरेका प्रकास टेर अहिले सबैभन्दा पीडामा थिए। उनले आफ्नो पिडा फेसवुकमा पोख्दै लेखेका थिए, ‘तेरो लागि साडी ल्याइदिएको छु बुढी, पर्सि हाम्रो विवाह हो। कहाँ छस छिटो आइजा।’
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक महिनाको अवधीमा दुई जना स्टाफ नर्सको मृत्यु भयो। तर अहिलेसम्म मृत्युको रहस्य खुलेको छैन्। पुस १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर १० घर भई हाल धनगढीमा बस्दै आएकी स्टाफ नर्स सोनम ऐर र माघ १३ गते २३ बर्षीय स्टाफ नर्स देविका श्रेष्ठको मृत्यु भएकोमा अहिले सम्म रहस्य नखुलेको हो।
कञ्चनपुरमा फागुनमा पनि हत्या, हिसां रोकिएन। जिल्लाको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा आफ्नै निवासमा जयलाल भण्डारी र उनकी श्रीमती धना भण्डारी मृत फेला परे। हत्यामा संग्लन रहेको भन्दै जयलालका छोरलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरिसकेको छ।
वर्षको उत्तरार्धमा सुदूरपश्चिमका सासंद अक्कलबहादुर रावल चर्चामा आए। भान्जीको नाता लगाएर बलात्कारको प्रयास गरेको भन्दै धनगढीकी युवतीले उनी विरुद्ध मुद्धा दिएपछि रावल पक्राउ परे। उनलाई जिल्ला अदालत कैलालीले ५ लाख धरौटीमा छोड्न आदेश दियो र उनी धरौटी बुझाए छुटेका छन्।
हत्या हिसां र बलात्कारका घटना भईरहने कञ्चनपुरमा वर्षको अन्तिम दिन पनि सो क्रम रोकिएन। जिल्लाको कृष्णपुर नगरपालिकामा हसिया प्रहार गरी बुवाको हत्या गरियो। कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोलका २४ वर्षीय संगी रानाले ५५ वर्षीय बुवा चौलाको हसिया प्रहार गरी हत्या गरे। यस बाहेक वर्ष २०६६ मा धेरै हत्या, हिसां र दुर्घटना पनि भए। विभिन्न जिल्लामा लागु औषधको जालो फैलिँदा उनीहरुको अपराधिक गतिविधिमा पनि संग्लनता बढ्दै गएको छ।
वर्ष २०७६ को बिदाई र २०७७ को स्वागत गर्दा सुदूरपश्चिममा अहिले कोरोनाको त्रास छ। कैलाली र कञ्चनपुरमा मात्रै पाँच जना संक्रमित भेटिएका छन्। देश २१ दिनदेखि लकडाउन छ। कोरोनाकै त्रासले सुदूरपश्चिमेलीहरुले नयाँ बर्ष मनाउन पाईरहेका छैनन्। वर्ष २०७७ सुदूरपश्चिमवासीका लाखि सुखद होस। हाम्रो पनि शुभकामना।