सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको थलि जिउलो, जहाँ एकै दिन रोपाई र एकैदिन धान काट्न सुरु गरिन्छ

२०७५ असार १९, ०१:००

बझाङको छविस पाथिभेरा गाउपालिका वडा नम्वर ६ थलि जिउलो भन्ने गाउमा रोपाई गर्दा र धान काट्दा एउटा अद्भभुत चलन छ । थलि जिउलोमा एकै दिन रोपाई र एकैदिन धान काट्न सुरु गर्ने चलन पुस्तौदेखि चल्दै आएको छ । थलि जिउलोमा झण्डै एक सय परिवार पुजारा र अन्य जप्रेल, थापा, रोकाया, बुढा, चलाउने र सिहको समेत बसोवास रहेको छ ।

तर पुजाराहरुले रोपाई सुरु नगरे सम्म कसैले पनि रोपाई सुरु नगर्ने चलन रहेको छ । जुन दिन पुजाराले रोपाई सुरु गर्छन, त्यहि दिन अन्य जातीले पनि सुरु गर्ने र सोही निमय धान काट्ने बेला पनि लागु गर्ने चलन रहेको स्थानीय हृदय पुजाराले बताए । सवैले नुहाईधुवाई गरि सुद्ध भएर मात्रै रोपाई सुरु गर्ने चलन रहेको छ । 


रोपाई सएिको दिन त थलि जिउलोमा मेला नै लाग्ने गरेको छ । सावीकको सैनपसेला र लेकगाउका वासीन्दाविच मैलडो (खेतमा मै हाल्दा प्रयोग हुने डोरी) तानातान हुने गरेको छ । विगतमा रजश्वला भएका महिला र युवतीहरुले पनि रोप्न नपाउने चलन रहेकोमा अहिले रोप्न सुरु गरेका छन् । थलि जिउलोमा सिह जातीका कसैको पनि कुनै सामान खसे पुजाराहरुले मात्रै उठाउन मिल्ने चलन पनि थियो त्यो पनि अहिले लोप भएको स्थानीय पुजाराले बताए । 

धन काट्ने बेला पनि सुरुमा पुजाराहरुले काट्ने र सबैले सोहि दिन सुरु गर्ने चलन रहेको छ । सुरुमा पुजाराहरुले धानको बाला काट्ने, दुर्गाको मन्दीरमा चढाउने र दुर्गालाई खिर पकाएर चढाउने चलन रहेको छ । दुगाको मन्दीरमा माघ १६ र फागुन १७ गते मेला पनि लाग्ने गरेको छ । स्थानीयले विस्तारै सस्कृती लोप हुदै गएकाले सस्कृती संरक्षणमा राज्यले जोड दिनुपर्ने माग गरेका छन् । 

फोटो सौजन्य : हृदय पुजारा

कमेन्ट लोड गर्नुस