धनगढीमा एसटिएस टेलिभिजनले एसईई तयारी कक्षा प्रशारण गर्दै
धनगढी: लकडाउनका कारण पढाईमा बाधा पुगेपछि एसटीएस टेलिभिजनले एसईई तयारी कक्षा सुरु गरेको छ। लामो समयदेखि विद्यार्थी एसईईको तयारी गर्ने अवसरबाट बञ्चित भएपछि विद्यार्थीलाई केहि सहज होस भन्ने उदेश्यले टेलिभिजनमा हरेकदिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म गणित र विज्ञान विषयको तयारी कक्षा संञ्चालन भइरहेको छ।
हरेक दिन एक घण्टा गणित र एक घण्टा विज्ञान विषयका बारेमा तयारी कक्षा प्रत्यक्ष रुपमा टेलिभिजनबाट जानकारी गराइने कार्यक्रमका संञ्चालक तथा रेडिकल ब्रिजकोर्षका संञ्चालक प्रकाश छेडालले जानकारी दिए।
टेलिभिजनबाट जानकारी गराइने कक्षामा विभिन्न विषयका विज्ञहरुसंग समेत प्रत्यक्ष कुराकानी गराइनेछ। लक डाउनका बेला यस्ता कक्षाले विद्यार्थीलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास कार्यक्रमका संञ्चालक तथा रेडिकल ब्रिजकोर्षका संञ्चालक प्रकाश छेडालको रहेको छ।