सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक मजदुर मृत फेला

२०७६ चैत्र २६, ११:४० खबर संवाददाता

बझाङ : जिल्लामा एक जना मजदुर मृत फेला परेका छन्। जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर १ जिन्डाडा घर भएका ४० बर्षीय रामचन्द्र अयडी मृत फेला परेकका हुन्। मंगलबार धर्म पुरिको घर निर्माणका गर्न पुगेका अयडी घर नपुगेपछि उनका आफन्तले खोजी सुरु गरेका थिए।

उनी निर्माणाधिन घर भन्दा पाँच सय मिटर पर सडकमा मृत फेला परेका हुन्। यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक गणेशबहादुर बमले भने मृतकको शरिरमा चोटपटक नभएको र पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी रहेको बताए।
 

कमेन्ट लोड गर्नुस