सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघका नक्कली सदस्यहरुलाई करको दायरामा ल्याउन उच्च अदालत दिपायलको आदेश

जिल्ला प्रशासन कार्यालय कैलालीको रोहवरमा नयाँ नेतृत्व चयन गर्न निर्देशन

२०७५ असार १७, ०७:०४

कैलाली उद्योग वाणिज्य संघका नक्कली सदस्यहरुलाई करको दायरामा ल्याउन उच्च अदालत दिपायलको आदेश दिएको छ । उच्च अदालत दिपायलले उद्योग वाणिज्य संघ कैलालीको रिट निवेदनमा परमादेशको आदेश जारी गर्दै नक्कली सदस्यहरुलाई करको दायरामा ल्याउन आदेश दिएको हो । उच्च अदालतमा परेको मुद्धामाथि परमादेश जारी गर्दै आन्तरिक राजश्व कार्यालयमा दर्ता गर्दै उद्योग कार्यालयमा पनि दर्ता गरेपछि मात्रैसंघको सदस्य वनाउन भनेको छ । उच्च अदालतले जिल्ला प्रशासन कार्यालय कैलालीको रोहवरमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयलाई दुवै पक्षलाई छलफल गराई निर्वाचनको स्वच्छ वातावरण वनाउन र करको दायरामा ल्याउन आदेश दिईएको छ । यसअघि तोकिएको मितिमा उम्मेदवारी घोषणा गरेका उम्मेदवारी पनि रद्ध गरिएको छ । प्यान र भ्याट नम्वर भएकालाई मात्रै संघको सदस्या लिएर मताधिकारको प्रयोग गर्ने अधिकार दिईएको छ । कैलाली उद्योग वाणिज्य संघका फर्जी मतदाताहरुका बिषयमा दायर भएको रिटमा  उच्च अदालत दिपायलले  दिदै वैशाख २२ गतेका लागि तोकिएको निर्वाचन नगर्न भनेको थियो । 
 

कमेन्ट लोड गर्नुस