सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिद्धारा खाद्यान्न सहयोग

२०७६ चैत्र २०, ०६:२५ खबर संवाददाता

कैलाली: लकडाउनका कारण छाक टार्न समस्यामा परेका मजदुरका लागि भन्दै कैलालीको बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिले बिहीबार धनगढी उप–महानगरपालिकालाई खाद्यान्न समाग्री उपलब्ध गराएको छ। 

उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका सचिव पदम राज जोशी लगायतको टिमले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका गरेको हो। 

सचिव जोशीका अनुसार ४८ कट्टा चामल, ७ कट्टा आलु, २ कट्टा नुन नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई बुझाइएको छ। 

कमेन्ट लोड गर्नुस