कञ्चनपुरमा विभिन्न मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा विभिन्न मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, इलाका प्रहरी कार्यालय झलारी र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले अदालतबाट सजाय र जरिवाना तोकिएपछि फरार रहेका चार जना प्रतिवादीहरूलाई बिहीवार नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा २०७३ जेठ १० गते अदालतको फैसलाले २ हजार जरिवाना तोकिएका लुष्ठन राना, चेक अनादर मुद्दामा २०८१ पौष १ गतेको फैसलाले १ हजार ५ सय जरिवाना तोकिएका कृष्ण दियाल विक, काठ कटान मुद्दामा २०७६ पौष १२ गतेको फैसला अनुसार १ महिना कैद र २ लाख ६३ हजार ६ सय जरिवाना तोकिएका खेम बहादुर कडाल र लागूऔषध मुद्दामा २०८३ वैशाख १५ गतेको फैसला अनुसार ६ वर्ष कैद सजाय तोकिएका प्रेम सिह ठगुन्ना रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सह–प्रवक्ता एवं प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाका अनुसार पक्राउ परेका सबै प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको छ।