लकडाउनले समस्यामा परेकालाई धनगढी उपमहानगरका वडा अध्यक्षद्वारा सहयोग
धनगढी: धनगढी उप–महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक मजदुरी गरेर छाक टार्ने मजदुर, सुत्केरी र अनाथका लागि खाद्यान्न सहयोग गरेका छन्।
वडा अध्यक्ष थापाले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई खाद्यान्न समाग्री हस्तान्तरण गरेका हुन। नगरप्रमुख वडका अनुसार थापाले २१ कट्टा चामल, ५० किलो दाल, ३ बोरी सोयाविन, १ बोरी नुन, २ पेटी तेल हस्तान्तरण छन्। ब्यक्तिगत रुपमा वडाध्यक्षले सहयोग गरेका हुन।
लकलडाउनले कमजोर वर्गहरु समस्यामा परेकाका कारण आफुले व्यक्तिगत रुपमा सहयोग गरेको वडाध्यक्ष थापाले बताए। यस्तै सुवाकोटी राई एण्ड फ्लोर मिलका संचालक सरिता भण्डारी र किशन सिंह भण्डारीले ५ कट्टा चामल, १० किलो दाल, २ कट्टा सोयाबिन, १ पेटी तेल, १ बोरा नुुन सहयोग गरेका छन्।