सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरलाई हिमशिखर बहुउद्देश्यीय सहकारीद्वारा खाद्यान्न हस्तान्तरण

२०७६ चैत्र २०, ०४:२६ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको हिमशिखर सहकारी संस्थाले वितरणका लागि धनगढी उपमहानगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ। दैनिक ज्यालादारी गर्नेलाई राहतस्वरुप चामल र तेल सहयोग गरेको सहकारीका उपाध्यक्ष रोशन सिंहले बताए। 

बिहिबार उपमहानगरपालिकालाई ५ सय किलो चामल र ५० लिटर तेल हस्तान्तरण गरेको उपाध्यक्ष सिंहले बताए। सामग्री धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरिएको थियो। 

कमेन्ट लोड गर्नुस