कैलालीमा विदेशबाट फर्किएकाको घरमा रातो झण्डा
सरकारले हालै विदेशबाट फर्किएकाहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम कार्यान्वयनका लागि जानकी गाउंँपालिका–९ ले आफ्नो वडामा हालै भारत तथा विदेशबाट आएकाको घरमा रातो झण्डा लगाएको छ। वडाले वडामा भारत तथा विदेशबाट आएका ३० घरमा रातो झण्डा लगाएको हो।
विदेशबाट आएका घरमा, टोलछिमेकका अन्य व्यक्तिहरुको सम्पर्क हुन नदिन यो उपाय राम्रो रहेको स्थानीयवासी पदम परियारले बताए। रासस