सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा रहेका कोरोना संक्रमित सुदूरपश्चिमका एक जना निको भएर घर फर्किए

२०७६ चैत्र १९, ०६:५७ खबर संवाददाता

धनगढी : अमेरिकामा बस्दै आएका सुदूरपश्चिमका एकजनामा कोरोनाको संक्रमण देखिएकोमा उनी निको भएर घर फर्किएका छन्। न्युर्योकमा बस्दै आएका उनमा कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए। उनको माउन्ट सेन्नैइ हस्पिटल लङआल्यान्डमा उपचार भएकोमा निको भएपछि उनी घर फर्किएका छन्।

अमेरिकामै रहेका नेपाली काग्रेसका नेता आनन्द विष्टले सो कुराको जानकारी दिए। यसअघि अमेरिकामा कोरोनाको संत्रमणबाट एक नेपालीको मृत्यु भईसकेको छ। न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीया अनिल लिम्बुको मृत्यु भएको हो।
 

कमेन्ट लोड गर्नुस