सेल्सबेरीले कोरोना रोकथाम कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने
व्यापारिक संस्था सेल्सबेरीले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणको नियन्त्रणका लागि स्थापना गरेको कोषमा सेल्सबेरीले सहयोग गर्ने भएको हो।
कम्पनीका संस्थापक सुशीलमान प्रधानाङ्गले कम्पनीको तर्फबाट सहयोग रकम दिने प्रतिबद्धता जनाएको हो। यो व्यापारिक संस्थाले नेपालमा २९ वर्षदेखि सुपरमार्केट सन्चालन गर्दै आएको छ।