संघिय सरकारले प्रयोगशालाका उपकरण पठाएपछि मन्त्री सुवेदीले भने – एकदुई दिनमा सुरु हुन्छ
धनगढी: संघिय सरकारले कोरोना भाईरसको परिक्षणका लागि आवश्यक पर्ने उपकरण पठाएपछि सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एक/दुई दिन भित्रै सञ्चालनमा ल्याउने बताएका छन्।
उपकरण बुझ्न धनगढी विमानस्थलमै पुगेका मन्त्री सुवेदीले एक दुई दिन भित्रै प्रयोगशाला सञ्चालन गरी कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमूना परिक्षण थालिने बताएका हुन्।
‘अहिले हामी यसलाई सेती अस्पतालमा राख्छौँ, एक दुई दिन भित्रै सुरु हुन्छ।’ उनले भने। यसअघि सामाजिक विकास मन्त्री सुवेदी, सुदूरपश्चिममै कोरोना परिक्षण प्रयोगशाला स्थापनाका लागि अर्को वर्ष मात्र बजेट विनीयोजन गर्ने अभिव्यक्ति दिएपछि विवादित बनेका थिए।
चर्को आलोचनापछि उनले मंगलबार भित्र धनगढी प्रयोगशालाका उपकरण पुग्ने प्रतिक्रिया दिएका थिए। दुई दिन अघि मात्र संघिय सरकारले चीनबाट खरिद गरी ल्याएका प्रयोगशालाका समाग्री काठमाडौँबाट नेपाली सेनाको हेलीकोप्टर मार्फत आज मात्र धनगढी पठाएको हो।