अत्तरियाका बादी समुदायलाई खाद्यान्न वितरण
अत्तरिया, कैलाली: कैलालीको अत्तरियामा रहेका बादी समुदायलाई खाद्यान्न वितरण गरिएको छ। लकडाउनपछि बिचल्लीमा परेका ती मजदुरलाई गोदावरी नगरपालिका– २ अत्तरियाका नागरिक अगुवा गोकर्ण भट्टले खाद्यान्न सहयोग गरेका हुन।
उनले गोदावरी नगरपालिका– ३ मा बस्दै आएका झण्डै ८ परिवारलाई चामल, नुन वितरण गरेका हुन। दैनिक ज्यालादारी गर्ने ती मजदुर खाद्यान्नको खोजीमा आफ्नो घरसम्म पुगेकाले आफुले सहयोग गरेको भट्टले बताए।
भट्ट नेकपा गोदावरी नगरकमिटीका अध्यक्ष समेत हुन्।