सुदूर नेपाललाई विश्वसँग जोड्दै

खुट्टा भॉचिएपछि धनगढीका अस्पताल चहार्दै अधिकारी, कसैले भर्ना गर्न मानेन

२०७६ चैत्र १७, १२:१६ खबर संवाददाता

धनगढी : बझाङको बिथ्थडचिर गाउँपालिका वडा नम्वर ८ का ६५ बर्षिय पिताले अधिकारी आईतवार बाख्रा चराउन घर नजिकै गएका थिए। बाख्रा चराउँदा लडेर उनको खुट्टा भाचियो र दिउसो उपचारका लागि धनगढी तर्फ लागे।

जीपमा सोमवार विहान ३ बजे धनगढी पुगेका अधिकारीले उपचारका लागि अहिले सम्म आधा दर्जन नीजि अस्पताल चहारीसकेका छन्। तर कुनै पनि नीजि अस्पतालले भर्ना लिन मानेका छैनन्। सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष अगाडिबाट अधिकारीले भने, ‘विहानैदेखि आधा दर्जन बढि नीजि अस्पताल पुगिसकेको छु। तर कसैले पनि भर्ना गर्न मानेको छैन्।’ 

उनका अनुसार अधिकासं नीजि अस्पतालले अस्पतालमा डाक्टर नै नभएको भन्दै फिर्ता गरिदिएका छन्। अहिले सेती प्रादेशिक अस्पतालले भने उनलाई भर्ना गर्ने आश्वासन दिएको छ। 

घाईतेका नाती बसन्त अधिकारीले पनि आधा दर्जन नीजि अस्पतालले डाक्टर नभएको भन्दै फिर्ता पठाईदिएको गुनासो गरे। उनले भने, ‘सेती प्रादेशिक अस्पतालले भर्ना गर्छु भनेको छ।  तर अहिले सम्म भर्ना गरिएको छैन् हामी अस्पताल परिसरमै बसेका छौ।’

सेती प्रादेशिक अस्पताललाई सरकारले नै कोरोना विशेष अस्पतालका रुपमा घोषणा गरिसकेको छ। तर धनगढीमा रहेका नीजि अस्पतालहरुले पनि अहिले लगभग सबै सेवा बन्द गर्दा आकस्मिक भर्ना हुनुपर्ने विरामी पनि समस्यामा परेका छन्। अहिले सरकारी अस्पतालमा कोरोनाका संकास्पद विरामीकै चाप रहेको छ।

कमेन्ट लोड गर्नुस