सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लव धनगढी ग्रिन सिटीद्धारा मजदुरका लागि खाद्यान्न सहयोग

२०७६ चैत्र १६, ०५:०४ खबर संवाददाता

धनगढी :  लायन्स क्लव धनगढी ग्रिन सिटीले लकडाउनका कारण छाक टार्न समस्यामा परेका मजदुरका लागि भन्दै खाद्यान्न समाग्री हस्तान्तरण गरेको छ। लायन्स क्लव धनगढी ग्रिन सिटीका अध्यक्ष गोविन्द खतिवडा र कोषाध्यक्ष शंकर प्रसाद तिवारीले मजदुरहरुलाई वितरण गर्न धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई खाद्यान्न हस्तान्तरण गरेका हुन्। 

क्लवका अध्यक्ष खतिवडा अनुसार मजदुरका लागि भनेर ५० कट्टा चामल, ६० पाकेट तेल १ सय पोका नुन, २ बोरा सोयाविन हस्तान्तरण गरिएको छ। लायन्स क्लव धनगढी ग्रिन सिटीका अध्यक्ष खतिवडाले संस्थापक सदस्य लायन मोहन सिंह साउद, संस्थापक सदस्यहरु तथा क्लवका सबै सदस्यको बिशेष सहयोगमा खाद्यान्न उपलब्ध गर्न सकेको बताए।

उनले लायन्स क्लव धनगढी ग्रिन सिटी मानवीय समस्यामा सधै सहयोग गर्ने संस्था रहेको बताए।

कमेन्ट लोड गर्नुस