सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सिद्धार्थ बैँकद्धारा कोरोना रोकथामका लागि १० लाख सहयोग

बैँकले हस्तान्तरण गरेको चेक बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्ट
बैँकले हस्तान्तरण गरेको चेक बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्ट
२०७६ चैत्र १५, ०१:०२ खबर संवाददाता

धनगढीको सिद्धार्थ बैँकले कोरोना भाईरसको रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई १० लाख सहयोग गरेको छ। प्रदेशमा विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको थप संक्रमण फैलिन नदिन तथा रोकथामका लागि बैँकको सुदूरपश्चिम प्रादेशिक कार्यालयले सहयोग हस्तान्तरण गरेको हो।

सिद्धार्थ बैँकका प्रादेशिक कार्यालयका प्रबन्धक पवनचन्द्र अधिकारी र धनगढी शाखाका प्रबन्धक नितेश श्रेष्ठले संयुक्त रुपमा उक्त रकम मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेका हुन्। 

कमेन्ट लोड गर्नुस