सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको उर्मामा मास्क वितरण

२०७६ चैत्र १४, ०७:०३ खबर संवाददाता

धनगढी:  धनगढीको उर्मा गाउँमा मास्क वितरण गरिएको छ। शिवदर्शन एकता सामुदायिक वनले उपभोक्तालाई मास्क वितरण गरेको हो।

धनगढी उप–महानगरपालिका वडा नम्बर १५ उर्मा गाउँका ६ सय बढीलाई मास्क वितरण गरिएको सामुदायिक वनका अध्यक्ष परशुराम रानाले बताए। 

दुई सय ५० उपभोक्ता रहेका सामुदायिक वनले कोरोना भाइरसको संक्रमणबाट जोगिन एक उपभोक्तालाई दुई/दुई मास्क वितरण गरेको हो। 

गाउँका एकल तथा सुत्केरी महिलालाई समेत मास्क वितरण गरिएको सामुदायिक वनले जानकारी दिएको छ।  

कमेन्ट लोड गर्नुस