धनगढीमा उपभोग्य वस्तु र औषधी खरिदका लागि दुरी कायम गर्दै सशस्त्र प्रहरी
धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा दैनिक उपभोग्य सामान र औषधी खरिदका लागि सशस्त्र प्रहरीले दुरी कायम गर्न थालेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गण हेडक्वाट कैलालीले धनगढीका विभिन्न किराना पसल, डेरी र औषधी पसलमा दुरी कायम गर्न थालेको हो।
कोरोना भाईरसको संक्रमण रोकथामका लागि देशमा अहिले लकडाउन जारी छ। अत्यावश्यक वस्तु खरिदमा गएका सर्वसाधारणका लागि पसल अगाडि गोलो घेरा बनाएर लाइनमा लाग्ने व्यवस्था गरेको सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गण हेडक्वाट कैलालीले जनाएको छ।