सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनमा छाक टार्न समस्या हुने विपन्न परिवारलाई दाल, चामल दिइने

२०७६ चैत्र १३, ११:२२ खबर संवाददाता

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई ‘लकडाउन’ अवधिमा चामल, दाल र नुन बाँड्ने निर्णय गरेको छ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउंदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै र्पुयाइदिने गरी नगरपालिकाले बिहीबार बिहान निर्णय गरेको हो।

‘नगरका १७ वटै वडामा करिब ८ सय अति विपन्न परिवार रहेको अनुमान गरी खाद्यान्न व्यवस्था भएपछि यो निर्णय गरेका छौं’ नगरप्रमुख बासुदेव घिमिरेले भने, ‘सम्बन्धित वडाअध्यक्षले सिफारिस गर्नेवित्तिकै नगरपालिकाले आफ्नै ट्रकबाट घर–घरमै खाद्यान्न र्पुयाइदिने छ।’
 

कमेन्ट लोड गर्नुस