टीकापुरमा भाडा निःशुल्क गर्ने घरबेटी
२०७६ चैत्र १२, ११:१२
कैलालीको टीकापुरमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसलाई लिएर एक स्थानीय घर भाडा निःशुलक गरेका छन्। टीकापुर नगरपालिका १ को ब्लड नम्बर १९ की सीतादेवी आर्चायले चैत महिनाको भाडा नलिने घोषणा गरेकी हुन्।
विश्वव्यापी महामारीका बेला कोठा भाडा र सटर भाडामा लिएर बस्दै आएकोहरुको सहजताको लागी एक महिना भाडा छुट गरेको आर्चायले बताईन्। आर्चायले दुई हजार पाँच सयका दरले सटर र एक हजार पाँच सयका दरले कोठा भाडामा लगाएकी थिईन्।
कमेन्ट लोड गर्नुस