कैलालीको अत्तरियाबाट १० जना सवार संकास्पद एम्बुलेन्स नियन्त्रणमा
कैलाली: कैलालीको अत्तरियाबाट प्रहरीले शंकास्पद एम्बुलेन्स नियन्त्रणमा लिएको छ। डडेल्धुराको आलिताल गाउँपालिकाले सञ्चालन गर्दै आएको म१ज १११ नम्बरको एम्बुलेन्स शंकास्पद रुपमा चलाईएको लागेपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त एम्बुलेन्समा तरकारी समेत फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नाबय उपरिक्षक दक्षकुमार बस्नेतले सशस्त्र प्रहरीको समन्वयमा नियन्त्रणमा लिईएको एम्बुलेन्समा १० जना सवार एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको बताए।
अहिले एम्बुलेन्स र सवार व्यक्तिहरुलाई ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएक बस्नेतले बताए। सोधपुछका क्रममा डडेल्धुराबाट बिरामी ल्याएर फर्किरहेको बताएपनि अनुसन्धान भईरहेको उनले बताए। एम्बुलेन्समा आलीताल स्वास्थ्य चौकीका लागि लैजादै गरेको केही औषधी पनि भेटिएको छ।