सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईमा भिसा अवधि सकिएको भए कानुनी रुपमा नै बस्न पाउने व्यवस्था

२०७६ चैत्र ११, १२:०० खबर संवाददाता

यूएईमा घुम्न जानुभएको छ र भिसा अवधि सकिंदा नि स्वदेश फर्कन नपाएर चिन्तामा हुनुहुन्छ? यस्तो अवस्थामा रहेका पर्यटकलाई यूएईले कानुन अनुसार नै बस्न पाउने बताएको छ। अहिले कोरोना भाइरसको सङक्रमणका कारण विभिन्न देशले उडान रद्द गरेको र प्रवेशमा पनि प्रतिबन्ध लगाएका कारण नेपालीसहित अरु देशका नागरिक पनि आफनो देश फर्कन सक्ने अवस्था छैन।

त्यसैले यस्तो अवस्था हुने विदेशी नागरिकलाई समय थप गरिदिने र कानुनअनुसार नै बस्न पाइने यूएईको सरकारी निकायले जनाएको छ। यसका लागि केही दिनमै नयाँ प्रावधान जारी गर्ने भएकाले नआत्तिन यूएईले आग्रह गरेको छ। यस विषयमा छलफल भइरहेको र कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न यूएईमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ।
 

कमेन्ट लोड गर्नुस