सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लकडाउन उल्लंघन गर्दा ६० बढि सवारी प्रहरी नियन्त्रणमा

२०७६ चैत्र ११, ११:५९ खबर संवाददाता

धनगढी : कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ठूलो सङख्यामा परिचालन गरिएका सुरक्षाकर्मीले लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन थालेका हुन्।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरी, सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेत आफैँ खटिएका छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले अहिले सम्म मोटरसाईकल, अटो र कार गरी झण्डै ६० सवारी नियन्त्रणमा लिएको दिनेश खवरलाई जानकारी दिए। उनले लकडाउन अवधीभर अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह समेत गरे। संघीय सरकारले सञ्चारकर्मीलाई परिचयपत्रको आधारमा आवागमनको अनुमती दिने बताएपनि धनगढीमा भने रोक लगाईएको छ। 

 

कमेन्ट लोड गर्नुस