सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा तनाव, जवरजस्ती नेपाल प्रवेश गर्ने प्रयास

२०७६ चैत्र ११, ०८:२१ खबर संवाददाता

धनगढी : गौरीफन्टा नाकामा अलपत्र परेका सयौँ नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन्। उनीहरु दशगजना क्षेत्रबाट नेपाली भुमीमा प्रवेश गरिसकेका छन्।

मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरिरहेको छ। यद्यपी कतिपय नेपालीहरु भने भागेर नेपाल प्रवेश गरिसकेका छन्।

संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिने निर्णय गरेपनि आज विहानैदेखि लकडाउन गरिएपछि सीमामा पुगेका नेपालीहरुलाई प्रवेशमा रोक लगाईएको थियो। 
 

कमेन्ट लोड गर्नुस