सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा अलपत्र नेपालीको नारावाजी

२०७६ चैत्र ११, ०८:१४ खबर संवाददाता

धनगढी : गौरीफन्टा नाकामा सयौँ नेपाली अलपत्र परेका छन्। संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिने निर्णय गरेपनि आज विहानैदेखि लकडाउन गरिएपछि सीमामा सयौँ नेपाली अलपत्र परेका हुन्।

अलपत्र नेपालीहरुले आफ्नो देशमा प्रवेश गर्न पाउनुपर्ने माग गर्दै सीमामा नारावाजी गरिरहेका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सोमवार साँझ सम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमती भएपनि राती समेत आउने क्रम जारी भएकाले उनीहरु सीमा क्षेत्रमै बसेको बताए।

उनीहरुलाई प्रवेश अनुमती दिने वा नदिने विषयमा कुनै निर्णय हुन नसकेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए। आज विहान ६ बजेदेखि नै सिङगो नेपाल लकडाउन भईसकेको छ। सरकारले घर बाहिर समेत निस्किन नपाईने बताएको छ भने अनुमती प्राप्त सवारी मात्रै सञ्चालन गर्न दिएको छ। 
 

कमेन्ट लोड गर्नुस