धनगढीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
धनगढी : धनगढीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्वर १८ का २८ बर्षीय बिरेन्द्र चौधरीको मृत्यु भएको हो। घुर्राखोलाबाट बालुवा लोड गरी ल्याउँदै गर्दा से १ त ५८०४ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर उनको मृत्यु भएको हो।
ट्याक्टरबाट खसेर टाउको र शरिरका बिभिन्न भागमा चोट लागरे गम्भिर घाईते भएका उनर्लाइ उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। ट्याक्टर चालक सोही ठाउँका ३३ बर्षीय किसनलाल राना र ट्याक्टर प्रहरीको नियन्त्रणमा छ।