सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोटरी क्लब अफ धनगढीद्वारा प्रहरी र अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

२०७६ चैत्र १०, ०५:१८ खबर संवाददाता

धनगढी: रोटरी क्लब अफ धनगढीले कोभिड–१ बाट बच्न जिल्ला प्रहरी कार्यालय कैलाली र सेती प्रादेशिक अस्पताललाई मेडिकल मास्क, पन्जा र औषधि छर्कने मेसिन वितरण गरेको छ।

क्लबका अध्यक्ष हरिशंकर ठाकुरले जिल्ला प्रहरी कार्यालय कैलालीलाई ५ सय थान मास्क, ३ सय थान पन्जा र औषधि छर्कने मेसिन १ थान वितरण गरेको बताए।

साथै क्लबले सेती प्रादेशिक अस्पताललाई २ हजार थान मास्क सहयोग गरेको अध्यक्ष ठाकुरले बताए।

कमेन्ट लोड गर्नुस