नाका बन्द भएपछि गौरीफन्टामा पर्खिदै सयौँ नेपाली
धनगढी : सरकारले भारत र चीसँग जोडिएका सबै सीमानामा एक साताका लागि आवगमन बन्द गर्ने निर्णय गरेपछि कैलालीस्थित गौरीफन्टा नाकामा सयौँ नेपाली पारी रोकिएका छन्। आज विहान १० बजेदेखि सीमा बन्द भएपछि सयौँ नेपाली नाकामै बसेर स्वदेश फर्किन पाउनु पर्ने भन्दै पर्खिरहेका हुन्।
उनीहरु नाकामा लाईनमा बसेका छन् तर अहिले सम्म उनीहरुलाई नेपाल प्रवेश गर्न दिईएको छैन्। आईतबार साझ बसेको मन्त्रीपरिषद् बैठकको सबै नाका बन्द गर्ने निर्णय गरेको थियो।