धनगढीमा चोरीमा संग्लन ६ जना पक्राउ
धनगढी : चोरीमा संग्लन ६ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालीका वडा नम्वर १ स्थित विआर फेन्सी पसलमा भएको चोरीमा संग्लन ६ जनालाई पक्राउ गरिएको हो।
धनगढी उप–महानगरपालिका १ बस्ने बिबेक बोहरा, असिन सिंह, अबिनब खडका, आयुष गौतम, वडा नम्वर ८ बस्ने दिपक राज श्रेष्ठ र वडा नम्वर १३ बस्ने धर्म राज उप्रेतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
झण्डै ८ लाख बराबरको चोरी भएको खवर पाएपछि वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक हेमराज भट्टको कमाण्डमा खटिईएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। चोरीमा प्रयोग भएको स. ७ प ६८५६ नम्बरको स्कुटर पनि बरामद गरिएको छ।