सुदूरपश्चिमकी सांसद फेरी सेती अस्पताल भर्ना
कोरोना भाईरसको आशंकामा आईसोलेसन वार्डबाट घर गएकी सुदूरपश्चिमकी सांसद फेरी सेती प्रादेशि अस्पताल भर्ना भएकी छन्। शुक्रबारदेखि सेती अस्पतालको आईसोलेसन वार्डमा रहेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापा फेरी भर्ना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उच्च ज्वरो र रुघाखोकी लागेपछि शुक्रबार सेती अस्पताल भर्ना भएकी थापा आईतबार चिकित्सकसँग कुनै सल्लाह नै नगरी घर फर्किएकी थिईन्। उनको नमूना परिक्षणका लागि काठमाडौँ पठाईएको भएपनि अहिले सम्म रिर्पोट आएको छैन्।
थापालाई कोरोना भए/नभएको कुरा रिर्पोट आएपछि मात्र पुष्टि हुनेछ। यसअघि थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू अस्पताल भर्ना नभएको दावी गरेकी थिईन्। सञ्चार माध्यममा आफ्ना बारेमा आएका समाचार गलत भएको उनको दावी थियो।