अखिल क्रान्तिकारी कैलालीद्वारा दृष्टि फाउन्डेसनलाई मास्क र सेनिटाइजर वितरण
धनगढी: अखिल(क्रान्तिकारी) माओवादीले धनगढीमा मास्कवितरण गरेको छ। विश्वभर फैलिरहेको कोराना भाइरस सम्बन्धी जनचेतना र रोकथामका लागि अखिल (क्रान्तिकारी) ले धनगढीमा रहेका असाह्य बालबालिका र महिलाले आश्रय लिइरहेका दृष्टि फाउन्डेसनमा मास्क, डिटोल साबुन, हन्याड वास, सेनिटाइजरका साथै फलफुल र नगद २ हजार १ सय ५० सहयोग गरेको छ।
सो कार्यक्रममा सङ्गठनका सेतीमहाकाली संयोजक विरेन्द्र शाह, सङ्गठनका केन्द्रिय सदस्य बबर जङ्ग सिंह, नेकपा नगर पार्टी इन्चार्ज प्रकाश रावल, अखिल क्रान्तिकारी कैलाली अध्यक्ष सुवास जोशी लगायत जिल्लाका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो।
कार्यक्रममा दृष्टि फाउन्डेसनकी संचालिका कल्पना भट्टले सरकारले अहिलेसम्म आफुहरुलाई कुनै सहयोग नगरेको बताइन्। संगठनको तर्फबाट सेतीमहाकाली संयोजक विरेन्द्र शाह र केन्द्रिय सदस्य बबर जङ्ग सिंहले आफ्नो संगठन सदैव दृष्टि फाउन्डेसनको साथमा रहेर सक्ने सहयोग गरिरहने प्रतिबद्धता गरेका थिए।