सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको माता–पिता सेवा केन्द्रद्वारा साबुन वितरण

२०७६ चैत्र ९, ०७:१३ खबर संवाददाता

धनगढी: धनगढीको माता–पिता सेवा केन्द्रले साबुन वितरण गरेको छ। कोरोना भाइसरको संक्रमण हुनबाट बच्नको लागि नियमित हातधुने सन्देशसहित माता–पिता सेवा केन्द्रले धनगढी बसपार्कमा साबन वितरण गरेको हो।

न्यु अछाम होटलको सहयोगमा साबुन वितरण गरिएको माता–पिता सेवा केन्द्रकी अध्यक्ष लक्ष्मी भण्डारीले बताइन्। साबुन वितरणको कार्यक्रमको उद्घाटन धनगढी उपमहानगरपालिका नगरप्रमुख नृपबहादुर वडले गरेका थिए। 

कमेन्ट लोड गर्नुस