रोटरी क्लबद्वारा त्रिनगर नाकामा खटिएका कर्मचारीलाई औषधि वितरण
धनगढी: रोटरी क्लब अफ धनगढीले त्रिनगर नाकामा खटिएका कर्मचारीलाई कोरोना भाइरसबाट बच्न विभिन्न किटाणुनाशक औषधि वितरण गरेको छ। आइतबार क्लबले त्रिनगर नाकामा खटिएका स्वास्थ्यकर्मीलाई नेपाल प्रवेश गर्ने नागरिकको शरीरमा छर्कन औषधि र छर्कन प्रयोग गरिने सामाग्री वितरण गरेको हो।
क्लबका अध्यक्ष हरीशंकर ठाकुरले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड मार्फत सीमामा खटिएको नेपाली सेनाको भवानी दलका स्वास्थ्यकर्मीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
सामग्री हस्तान्तरण गर्दै रोटरी क्लबका अध्यक्ष ठाकुरले विपद्का बेलामा सबै एकजुट हुन आवश्यक रहेको बताउँदै भोलीदेखि मेडिकल मास्क समेत वितरण गरिने बताए। क्लबले गरेको सहयोगको प्रसंशा गर्दै नगरप्रमुख वडले सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखेको बताए।