सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रदेश सरकारले आईसोलेसन कक्ष स्थापना गर्दै

२०७६ चैत्र ९, ०४:२५ खबर संवाददाता

सुदूरपश्चिम सरकारले अस्थायी मुकाम धनगढीमा आईसोलेसन कक्ष स्थापना गर्ने भएको छ। कैलाली उद्योग वाणिज्य संघसँगै जोडिएको जिल्ला समन्वय समितिको खाली जग्गामा करिब ५० शैयाको आईसोलेसन वार्ड स्थापनाको काम अगाडी बढाईएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।

कार्कीका अनुसार नेपाली सेना र सशस्त्र प्रहरी सँगको समन्वयमा स्थापना गरिन लागेको आईसोलेसन वार्डमा कोरोनाका शंकास्पद विरामीलाई राखिनेछ। अहिले नेपाली सेनाले आईसोलेसन कक्षका लागि टेण्ड गाड्ने काम गरिरहेको छ। 

 

कमेन्ट लोड गर्नुस