सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघद्धारा अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न आह्वान

२०७६ चैत्र ९, ०३:५७ खबर संवाददाता

कैलाली उद्योग वाणिज्य संघले अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्न आह्वान गरेको छ। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्न अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न सबै व्यवसायीलाई आह्वान गरेको हो।

उद्योग वाणिज्य संघका महासचिव ओम विष्टद्धारा जारी सूचनामा बजार व्यवसाय बन्द गरी कोरोना विरुद्धको लडाईमा सहयोग गर्न अपिल गरिएको छ। तर अतिआवश्यक वस्तु खाद्यान्न र औषधीको आपूर्ती नरोक्न समेत आग्रह गरिएको छ। 

 

कमेन्ट लोड गर्नुस