सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको घोडाघोडीमा ४८ घण्टामा १३ शैयाको आइसोलेसन वार्ड बनाइँदै

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र ९, ०३:१५

कैलाली: घोडाघोडी नगरपालिकाले कोभिड–१९ को सम्भावित जोखिमबाट बच्न १३ श्ययाको आइसोलेसन वार्ड बनाउने भएको छ। नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो। 

कार्यपालिकाले बढ्दो जोखिमलाई मध्यनजर गर्दै ४८ घण्टाभित्र वडा नं १ स्थित एक घर भाडामा लिइ आइसोलेन वार्ड बनाउने भएको हो। कार्यपालिका बैठकले १३ श्ययाको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको नगरप्रमुख ममताप्रसाद चौधरीले जानकारी दिए। 

प्रमुख चौधरीले आइसोलेसन वार्ड निर्माणका साथै नगरपालिकाका मुख्य चार स्थानमा साबुन पानीले हात धुने व्यवस्था गर्न लागिएको बताए। नगर प्रमुख चौधरी संयोजक रहेको १७ सदस्यीय कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि कार्यदलसमेत गठन गरिएको छ। -रासस

कमेन्ट लोड गर्नुस