धनगढीको हाट बजार आजदेखि बन्द
२०७६ चैत्र ९, १२:२३
विश्व व्यापी महामारीका रुपमा फैलिरहेको कोराना भाईरसलाई लक्षित गर्दै धनगढीको हाट बजार आजदेखि बन्द गरिएको छ। कोरोनाको संक्रमणबाट जोगिन भीडभाड नगर्न सरकारले आग्रह गरेपछि धनगढीको त्रिनगर कृषि उपज हाटबजार आज देखि बन्द गरिएको हो।
अर्को सूचना जारी नभए सम्म हाट बजार बन्द गरिएको व्यवस्थापन समितिका अध्यक्ष भवानसिह चैसिरले जानकारी दिए।
कमेन्ट लोड गर्नुस