सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन मन्त्री भट्टले भनिन्– सचिवले सरुवा भएको झोकमा चरित्र हत्या गरे

२०७६ चैत्र ९, ०८:३५ खबर संवाददाता

सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले मन्त्रालयका सचिवलाई ज्यान मार्ने धम्की दिएको भन्ने आरोपमा सत्यता नरहेको दावी गरेकी छन्। सचिव डाक्टर दीपकप्रसाद खरालले आफूलाई मन्त्रीबाटै ज्यान मार्ने धम्की आएपछि सुरक्षा माग गर्दै प्रमुख सचिव समक्ष निवेदन दिएका बेला मन्त्री भट्टले भने उक्त आरोप गलत भएको प्रतिक्रिया दिएकी हुन्।

‘सचिवले सरुवा भएको झोकमा बदनाम गरेर जाउ भन्ने मनसायले त्यस्तो आरोप लगाए।’ मन्त्री भट्टले भनिन्, ‘मैले धम्की दिने भए मन्त्रालयमै कार्यरत भएका बेला किन निवेदन नदिएको रहेछ? सरुवा भएर गएपछि यसरी अर्काको चरित्र हत्या गर्न पाईन्छ।’ सचिवसँग कुनै वादविवाद समेत नभएको मन्त्री भट्टको भनाई छ।

‘सचिव बढिजसो काठमाडौँमै बस्थे, गत आईतबार धनगढी आएको थाहा पाएपछि मैले नै बोलाएको थिए।’ मन्त्री भट्टले भनिन्, ‘दुई चौमासिक पनि सकियो सचिव ज्यू, अब कामलाई तिव्रता दिनुप¥र्यो हामी जनप्रतिनिधि हौँ जनताले परिणाम खोज्छन् भन्दा सचिवले उल्टै कर्मचारी नभईकन कसरी काम गर्न सकिन्छ भनेका थिए।’ उनले बताईन्।

‘मैले काम गर्न सकिदैन् भने तपाईको सरुवा भईसकेको छ अर्को व्यक्ति आउँछ त्यसो भए सम्म भनेकी हुँ, ज्यान मार्ने धम्की नै दिएको भन्ने आरोप गलत हो, त्यती भनेपछि उहाँ बाहिरिनुभएको हो। अहिले निवेदन दिएको कुरा मिडियाबाट थाहा पाए।’ मन्त्री भट्टको दावी अनुसार सचिव खराल मन्त्रालयको काममा सक्रिय थिएनन्।

झण्डै ८ महिनाको अवधीमा धेरै समय विदामै बसेर बिताएको आरोप मन्त्रीको छ। तर सचिव खरालले भने मन्त्रीले नियम प्रक्रिया मिचेर काम गर्न दबाब दिदै आएको आरोप समेत लगाएका छन्। उक्त विषयमा मन्त्री भट्टले भनिन्, ‘सचिवले कानून अनुसार टिप्पणी उठाएर ल्याउने हो, मेरो सदर गरिदिन काम मात्र हो, कानून मिचेर काम गर्नुस् मैले भन्नु कारण के छ र?’

उनको नजिक मानिएका र मन्त्रालयको छलफल तथा बैठकमा सहभागी हुदै आएका भनिएका परमानन्द भट्ट र आफ्नो पार्टी एउटै भएपनि सल्लाकार नभएको दावी मन्त्रीको छ। उनले भट्ट मन्त्रालयको बैठकमा सहभागी हुदै आएको भन्ने आरोप पनि गलत भएको बताएकी छन्। सचिवले लगाए अनुसारका आरोप प्रमाणित भए कारवाही भोग्न आफू तयार रहेको समेत मन्त्री भट्टले बताईन्। 

सुदूरपश्चिमकी मन्त्री भट्टले सचिवलाई दिईन ज्यान मार्ने धम्की
 

कमेन्ट लोड गर्नुस