सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट पूर्वी नेपालका रुटमा आज क्यू फ्रि, भोलीदेखि बन्द

२०७६ चैत्र ९, ०७:२५ खबर संवाददाता

सुन्दर सुदूरपश्चिम यातायात प्रालिले धनगढीबाट पूर्वी नेपालका विभिन्न रुटमा आज क्यू फ्रि  गरेको छ। नेपाल सरकारको निर्णय अनुसार भोलीदेखि लामो दूरीका सवारी सञ्चालनमा रोक लगाईने भएपछि आज क्यू फ्रि गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए।

उनका अनुसार कोहलपुरदेखि पूर्व रुटमा क्यू फ्रि गरिएको हो। यस्तै पूर्वी रुटमा भोलीदेखि सवारी सञ्चालन बन्द गरिने समेत सापकोटाले दिनेश खवरलाई बताए। उक्त यातायात प्रालीले सुदूरपश्चिमका सबै रुटमा भने सवारी सञ्चालन नै रहने जनाएको छ।

कमेन्ट लोड गर्नुस