जन्म दिनमा दृष्टि फाउण्डेसनलाई सहयोग
धनगढीमा किसान एग्रोभेट सेन्टर सञ्चालन गर्दै आएकी शिवकुमारी बुर्लाकोटीले जन्म दिनको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी छन्। बुर्लाकोटीले आज परेको जन्म दिनको अवसरमा फाउण्डेसनमै पुगेर असहाय तथा मनो रोगिहरुको सहयोगार्थ खाद्यान्न लगायतका समाग्री हस्तान्तरण गरिन्।
उनले फाउन्डेसनलाई दाल,चामल,तेल चिनी, चियापत्ती, सर्फ,साबुन र पिठो लगायतका गरी झण्डै चार हजार बराबरको खाद्यान्न सहयोग गरेकी हुन्। बुधबार राती अज्ञात समूहले स्कुटरमा आगजनी गरेपछि नयाँ खरिदका लागि समेत सहयोग गर्ने प्रतिबद्धता बुर्लाकोटीले जनाएकी छन्।