सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका चिकित्सकले भने- 'कोरोनाको संकट भए समाधान गर्न तयार छौँ'

२०७६ चैत्र ६, ०७:५० खबर संवाददाता

धनगढी: सुदूरपश्चिमका चिकित्सकहरुले विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिट–१९) को संकट आएमा समाधान गर्न तयार रहेको बताएका छन्। नेपाल चिकित्सक संघ सुदूरपश्चिमले प्रदेशको सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण गराउँदै कोरोनाको संकट आए समाधान गर्न तत्पर भएपनि उपचारमा आवश्यक पर्ने समाग्रीको व्यवस्था गर्न माग गरेको हो।

संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ्, ‘सुदूरपश्चिम सरकारलाई कोरोनाको संकट समाधानका गर्नका लागि यस प्रदेशमा रहेका सम्पूर्ण चिकित्सकहरु तत्पर रहेको सहर्ष जानकारीका साथै संक्रमण फैलिन नदिन, जोखिम न्यूनीकरण र रोकथामका लागि यथाशिघ्र कार्यहरु अगाडी बढाउन प्रदेश सरकारलाई हार्दिक अनुरोध गर्दछौँ।’

विज्ञप्तीमा उल्लेख छ। ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण गर्न विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप चेकजाँच, प्रशिक्षण, जोखिम न्यूनिकरण, ल्याब टेस्टको व्यवस्था, आवश्यक औषधी, उपकरण, जनशक्ति, बिमा, प्रोत्साहन भत्ताको व्यवस्था गर्न जोडदार माग गर्दछौँ।’

संघले आम नागरिकलाई अतिआवश्यक काम बाहेक भिडभाडमा नजान समेत अपिल गरेको छ। कोरोना भाईरसका संक्रमण सर्न नदिन र रोकथामका लागि उच्च मनोबलका साथ काम गर्न पनि सरकारलाई अनुरोध गरिएको चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डाक्टर प्रमोद जोशीले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस