सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एयरक्राफ्ट म्यूजियम बन्द

२०७६ चैत्र ६, ०५:५९ खबर संवाददाता

धनगढी: कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि सार्वजनिक कार्यक्रम धमाधम बन्द भइरहेका छन्। यसैक्रममा धनगढीमा रहेको एयरक्राफ्ट म्यूजियम बन्द भएको छ।

बिहीबारदेखि अनिश्चितकालका लागि एभिएसन म्यूजियम बन्द भएको सञ्चालक बेद उप्रेतीले जानकारी दिए। नेपाल सरकारले लिएको नीति कार्यान्वयनका लागि म्यूजियम बन्द गरिएको उनको भनाइ रहेको छ।

सरकारले बुधबारमात्र २५ जनाभन्दा बढी एकै स्थानमा भेला नहुन सर्वसाधारणसँग आहृवान गरेको छ। साथै अत्यावश्यक काम नपरेसम्म बाहिर ननिस्कनसमेत सरकारले सर्वसाधारणमा आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस