दृष्टि फाउण्डेसनको स्कुटरमा आगजनी : नयाँ खरिदका लागि व्यवसायी हमालद्धारा सहयोग
धनगढीको दृष्टि फाउण्डेसनको स्कुटरमाथि अज्ञात समूहले आगजनी गरेपछि व्यवसायी गोपाल हमालले सहयोग गरेका छन्। स्कुटरमाथि आगजनी भएको थाहा पाएपछि नयाँ खरिदका लागि हमालले फाउण्डेसनमै पुगेर १५ हजार नगद सहयोग गरेका हुन्। हमालले स्कुटरकै सहायतामा फाउण्डेसनमा आश्रीत ४४ असहाय तथा मनोरोगीको पालनपोषणका लागि आवश्यक पर्ने समाग्री व्यवस्थापन गर्दै आएको बताउँदै सवारीसाधन विहिन हुँदा समस्या भएकाले सबैलाई सहयोग गरिदिन अपिल पनि गरे।
‘स्कुटरमा आगजनी गरेपछि दृष्टि फाउण्डेसनमा आश्रय लिईरहेका ४४ जनाको पालनपोषणमा समस्या भएको छ’ उनले भने, ‘सोही स्कुटरमा दौडधुप गरेर दृष्टि फाउण्डेसनमा आश्रय लिएकाहरुलाई खाना उपलब्ध गराउन सहज भएको थियो।’ बुधबार राती फाण्डेसनको से ७ प २१८२ नम्वरको स्कुटरमाथि आगजनी भएको थियो। आगजनी कसले र किन ग¥र्यो भन्ने खुलेको छैन्।