धनगढीमा दृष्टि फाउण्डेसनको स्कुटरमाथि आगजनी
धनगढी : धनगढीस्थित दृष्टि फाउण्डेसनको स्कुटरमाथि अज्ञात समूहले आगजनी गरेको छ। मध्यराती १२ बजेको समयमा फाण्डेसनको से ७ प २१८२ नम्वरको स्कुटरमाथि आगजनी गरिएको हो।
‘गेट भित्र छेउमै पुरानो स्कुटर पनि थियो,’ फाउण्डेसनकी सञ्चालिका कल्पना भट्टले भनिन्, ‘तर मध्यराति १२ बजे नयाँ स्कुटरमाथि आगजनी भयो।’
प्रहरीले स्कुटरमाथि आगजनी गर्नेहरुको खोजी भईरहेको जनाएको छ। फाउण्डेसनले मानसिक अवस्था कमजोर भएका बेसहारलाई आश्रय दिदै आएको छ।