सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनमा बोलन्या थलीलाई सहयोग

२०७६ चैत्र १, ०४:१० खबर संवाददाता

धनगढी : नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर ५ कैलालीका सचिव तथा सामाजिक कार्यमा सक्रिय देवेन्द्र जोशीले जन्मदिनको अवसरमा बोलन्या थली धनगढीलाई सहयोग गरेका छन््। पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन अभियानमा सक्रिय बोलन्या थलीलाई जोशीले सहयोग गरेका हुन्। उनले बोलन्या थलीलाई १० हजार नगद सहयोग गरेका हुन्। जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा नगद रकम बोलन्या थलीका संयोजक यादव जोशीलाई हस्तान्तरण गरिएको छ। जोशी कैलालीमा आयोजना हुने विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका छन्। 

यस्तै सोही कार्यक्रममा धनगढी उप–महानगरपालिकाले पनि नगद ३१ हजार सहयोग गर्ने घोषणा गरेको छ। उप–महानगरपालिकाका मेयर नृप वडले बोलन्या थलीलाई उप–महानगरपालिकाको तर्फबाट नगद ३१ ह्जार सहयोग गर्ने घोषणा गरे। 

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ भने डोटीमा ७ सय ५० डोकासहित प्रदर्शन र ७ सय ५० नागरिक ७ सय ५० मिनेट अनशन बस्ने कार्यक्रम पनि रहेको छ।

कमेन्ट लोड गर्नुस