रसुवा बाढीमा ज्यान गुमाएकाहरूप्रति इस्कोन धनगढीद्वारा श्रद्धाञ्जली कीर्तन
धनगढीः बाढी तथा पहिरोका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) धनगढीले मुख्य सडकमा श्रद्धाञ्जली कीर्तन तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
इस्कोन धनगढीको आयोजनामा शनिबार धनगढीको रुबस चोकमा आयोजित कार्यक्रममा विपद्का कारण ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य र शक्ति मिलोस् भन्ने कामना गरिएको थियो।
साथै, विपद्को यस दुःखद् घडीमा सम्पूर्ण राष्ट्रको सुरक्षा एवं शान्तिको प्रार्थना गर्दै दीप प्रज्वलन आयोजकना गरिएको हो। उक्त कार्यक्रममा “हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम, राम राम हरे हरे” महामन्त्रको सामूहिक संकीर्तनसमेत गरिएको थियो।