सुदूर नेपाललाई विश्वसँग जोड्दै

हमालद्वारा बोलन्या थलीलाई सहयोग

२०७६ फाल्गुन २९, ०८:१८ खबर संवाददाता

धनगढी : बोलन्या थलीलाई सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य तथा दिनेश खवरका प्रवन्ध निर्देशक गोपाल हमालले २० हजार रकम बराबरको पत्र सामाग्री सहयोग गरेका छन।

पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन अभियानमा हमालले २० हजार बराबरको पत्र सामाग्री सहयोग गरेका हुन। पश्चिम सेती निर्माणका लागि अहिलेसम्म सरकारले आश्वासन मात्र दिदै आएकाले अब पश्चिम सेतीको निर्माणका लागि सुदूरपश्चिमवासिको दवाब आवश्यक रहेको भन्दै हमालले सहयोग गरेका हुन्।

बोलन्या थली धनगढीले पश्चिम सेती निर्माणका लागि दबाब दिन केही साता अघि सुदूरपश्चिमबाट प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन कार्यको सुरुवात गरेको थियो। बोलन्या थलीका संयोजक यादव जोशीले सुदूरपश्चिम प्रदेशमा रहेका ८८ वटै स्थानिय तहबाट पत्र संकलन कार्य भइरहेको बताए। त्यस्तै डोटीमा ७ सय ५० डोकासहित प्रदर्शन र ७ सय ५० नागरिक ७ सय ५० मिनेट अनशन बस्ने थप दबाब समेतका कार्यक्रम रहेको जोशीले बताए।

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ।

कमेन्ट लोड गर्नुस