कैलालीमा लागुऔषधसहित ४ जना पक्राउ
कैलाली: कैलालीमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। बुधबार इलाका प्रहरी कार्यालय लम्कीको टोलीले लम्कीचुहा नगरपालिका– २ बाट लागुऔषध खैरौ हिरोइनसहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका – २ का २६ वर्षीय लक्ष्मण गिरी, २४ वर्षीय जिवराज थापा, २३ वर्षीय जनक भण्डारी र सोही नगरपालिका- ४ का २८ वर्षीय दिपक रोकामगर रहेका छन्।
पक्राउ परेको चारै जनामाथि थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए।