कैलालीमा विङगरले मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाइते
कैलाली: कैलालीमा विङगरले मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका– १ घोडाघोडी ताल नजिकै सुुपप्र ०१ ००१ ल ११९८ नम्बरको विङ्गरले र से१७प ६९४७ नम्बरकोे मोटरसाईकललाई ठक्कर दिँदा सोही नगरपालिकाको बेलारका ३० वर्षीय मोटरसाइकल चालक विक्रम शाही घाइते भएका हुन।
घाइते शाहीको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सुुखडले जनाएको छ। विङगर चालक लम्की १ का ३१ वर्षीय दिपक प्रसाद जैशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।